×

जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ

फाल्गुन २०, २०७९

ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए। 

जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। 

उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: