१० दिनपछि जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयाे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइएको छ। उद्धार हुनेमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

भोटेकोशीमा बाढी आएको १०औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरुङबाट जीवितै उद्धार गरेको हो।

सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली भित्र प्रवेश गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। लामो समयदेखि सुरुङभित्र फसेका उनीहरूलाई उद्धार गरेपछि तत्काल स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौँ ल्याइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *