×

त्रिशूलीमा खसेको बस खसेको स्थानबाट ५० किलोमिटर टाढा नारायणी नदीमा भेटियो

असार २९, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको हो।

‘दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–२८, गोलाघाट भन्ने ठाउँमा शव फेला परेको हो’, उनले भने।

शवको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने खुलेको डीएसपी रिजालले बताए।

‘उनी त्यही दुई बसमध्येका यात्रु हुन् कि होइनन् भनेर सोधखोज गर्दै छौँ’, डीएसपी रिजालले भने, ‘उनी भारतीय नागरिक भएको पत्ता लागे पनि ठ्याक्कै घर ठेगाना थाहा भइसकेको छैन, हामी सनाखतको प्रयास गरिरहेका छौँ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: