श्रीनाथ गणबाहिर आफन्तको उद्धारको प्रतीक्षामा बाढीपीडित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवाका पीडितहरू आफन्तको उद्धारको प्रतीक्षामा श्रीनाथ गणबाहिर बस्ने गरेका छन्।

बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमार्गमा आफन्तहरू फसेको भन्दै उनीहरूले छिटो उद्धार गरिदिन आग्रह गर्दै आएका छन्। आफन्तको अवस्थाबारे जानकारी नपाउँदा उनीहरू चिन्तित बनेका छन्।

नेपाली सेनाले उद्धार गरेका व्यक्तिहरूलाई श्रीनाथ गणमा ल्याउने गरिएकाले पनि गणबाहिर पीडित तथा आफन्तहरूको भिड लाग्ने गरेको छ।

आफ्ना आफन्त उद्धार भएर आउने आशामा उनीहरू घण्टौँसम्म गणबाहिर प्रतीक्षा गरिरहेका छन्। सुरुङमा फसेकाहरूको तत्काल उद्धार गरी उनीहरूको अवस्थाबारे जानकारी गराउन पीडित परिवारले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *