जेनजी आन्दाेलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौँ – अभिनेता निश्चल बस्नेतले जेनजी आन्दोलनका क्रममा आफूले ढुङ्गा हानेको वा आगजनीमा संलग्न भएको प्रमाणित भएमा आफू जसरी पनि सजाय भोग्न तयार रहेको बताएका छन्।

गत भदौ २३ र २४ गते देशैभर फैलिएको जेनजी आन्दोलनमा सहभागी भएको विषयमा उठेका आरोपप्रति प्रतिक्रिया दिँदै उनले बुधबार साँझ फेसबुकमा एक स्ट्याटस लेख्दै स्पष्टिकरण दिएका हुन्।

स्ट्याटसमा उनले लेखेका छन्,
मैले कतै पनि ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिए कि रोक्दै थिए स्पष्ट हुन्छ, त्यसैले कृपया म माथि छानबिन गर्न आग्रह गर्दछु ।ू

बस्नेतले आफू भ्रष्टाचारविरुद्ध आवाज उठाउन र परिवर्तनको पक्षमा उभिन आन्दोलनमा सहभागी भएको पनि उल्लेख गरेका छन्।
उनको भनाइमा, देशमा देखिएको व्यवस्थागत भ्रष्टाचार विरुद्ध आम नागरिकको आवाज बन्ने उद्देश्यले आफू आन्दोलनमा उत्रिएको हो।

उनको स्ट्याटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नागरिकहरूबाट समर्थन र बहस दुबै भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *