गाउँका योजना काटेर सुधारको नाममा ढुङ्गा चपाइयो : महेश बस्नेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ४

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले जनताको हित विपरीत लिइरहेको नीतिगत निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले जनताको ढाडमा चढेर गरिएको सुधारलाई ‘सुधार’ भन्न नमिल्ने कडा टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै नेता बस्नेतले गाउँ र सर्वसाधारणका लागि बनाइएका योजना कटौती गर्दै त्यसलाई ‘ऐतिहासिक सुधार’ भन्दै प्रचार गरिएकोप्रति आपत्ति जनाए। उनले अर्थमन्त्रीप्रति लक्षित गर्दै भनेका छन्, “पहिलो गाँसमै ढुङ्गा चपाएको अर्थमन्त्रीको योजना जनमुखी होइन।”

उनको भनाइमा वर्तमान सरकारको नीति तथा बजेटले ग्रामीण भेगमा आशा बोकेका नागरिकहरूलाई निराश तुल्याएको छ। स्थानीय विकासका योजना हटाएर सुधारको नारा लगाउनु जनविरोधी कदम भएको बस्नेतको आरोप छ।

सरकारले ल्याएको बजेट तथा विकास नीति प्रति विपक्षी दलहरूबाट आलोचना भइरहेका बेला बस्नेतको टिप्पणी आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *