|
२०८२ कार्तिक १३
काठमाडौँ – बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षमा आधारित चलचित्र ‘मन बिनाको धन’ तयार भएको छ।
गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको यस चलचित्रमा दर्जीलाई सडकबाट गायनको यात्रासम्म ल्याइएको कथा प्रस्तुत गरिएको छ।
चलचित्र कात्तिक २१ गतेदेखि नेपाल र विदेशमा प्रदर्शन हुने भएको छ।
फिल्ममा सरोज खनाल, सन्तोष पन्त, नीता ढुङ्गाना, रमा थपलिया लगायतका कलाकारले अभिनय गरेका छन्।
अशोक दर्जीले यो चलचित्रले आफ्ना सङ्घर्ष देखाउँदै अन्य बालबालिकालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्