कन्टेनर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

चितवन — चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडक खण्डमा बिहीबार दिउँसो कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१–२३७४ नम्बरको कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको गम्भीर चोट लागेर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते तामाङलाई नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *