×

लिम्बु चलचित्र ‘थेत्लङ’ अमेरिकामा प्रदर्शन हुँदै

भदौ १९, २०७८ | दाक्सु मिडिया

काठमाडौँ । लिम्बू भाषामा आधारित पहिलो लिम्बू चलचित्र ‘थेत्लङ’ अमेरिकामा प्रदर्शन हुने भएको छ । चलचित्र आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको हो । चलचित्र निर्देशक किशोर सुब्बाकाअनुसार उक्त हलमा पहिलो पटक चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो ।

ग्र्याजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई निर्देशक तथा लेखक सागर केरुङले चलचित्रको पटकथामा ढालेका छन् । सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, सङ्गीता सम्बाहाम्फे, शर्मिला याक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।

चलचित्रमा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ । मणि ताम्लिङ निर्माता रहेको चलचित्रमा बिराज लिम्बु सह निर्माता छन् । यो चलचित्र काठमाडौँ, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ भने हङकङ, कोरिया, युकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: