बलिवुडका खेलाडीको चल्न छाड्यो जादु, ३ वर्षमा ७ फ्लप चलचित्र

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौँ : बलिवुडका खेलाडी अक्षय कुमारले एकपछि अर्को फ्लप चलचित्र दिन थालेपछि निर्माताहरूलाई करोडौँ घाटा भएको छ।

पछिल्लो ३ वर्षमा अक्षयले अभिनय गरेका चलचित्र मध्ये ७ चलचित्र नराम्रोसँग फ्लप भएको छ। जसका कारण निर्माताहरूलाई झन्डै ८ सय करोड बराबरको नोक्सान व्यहोर्नुपरेको छ।

बलिवुडमा खान्सपछि अक्षय कुमार नै हुन् जसले सिनेमा हललाई वर्षभरी नै चलाउन सक्ने क्षमता राख्थे। एक वर्षको अवधिमा ४ देखि ५ वटा चलचित्र उनका लागि सामान्य जस्तै थियो। जसमा २–३ वटा चलचित्रले कम्तिमा पनि सय करोड कमाउथ्यो। तर, पछिल्लो समय उनको चलचित्रले दर्शकलाई तान्न नसक्दा उनीसँग काम गर्न निर्माताहरू डराउन थालेका छन्।

गत वर्ष रिलिज भएको ‘ओएमजी–२’ बाहेक ३ वर्षमा अक्षयले अभिनय गरेका ७ चलचित्र फ्लप बनेको छ। जसमा बच्चान पान्डे, सम्राट पुथ्वीराज, रक्षा बन्धन, सेल्फी, मिशन रानीगञ्ज, राम सेतु र बडे मिया छोटे मिया रहेका छन्।

हालसालै रिलिज भएको अक्षयको सरफिराले पनि खासै कमाउन सकेन। ३ दिनमै सरफिराको बक्स अफिस कलेक्शन सुस्त बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *