काठमाण्डौँ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म कम्तीमा ११८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । साथै, ३९० भन्दा बढी व्यक्ति संक्रमित भएको आशंका गरिएको छ ।
कङ्गो सरकारका प्रवक्ताका अनुसार इबोलाका घटना अहिले थप क्षेत्रमा फैलिन थालेका छन् । नयाँ संक्रमित न्याकुन्डे, बुटेम्बो तथा गोमा क्षेत्रमा पनि भेटिएका छन् ।
यसैबीच, छिमेकी युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाल फैलिएको इबोलाको यो प्रकारलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ । यो संक्रमण बुन्डिबुग्यो भाइरसका कारण फैलिएको बताइएको छ ।
स्वास्थ्य टोलीहरूले संक्रमितको खोजी, परीक्षण तथा निगरानीलाई तीव्र बनाइरहेको भन्दै कङ्गो सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्