सङ्क्रमणबाट १८५ जनाको मृत्यु, थपिए ७४२५ संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १०

१० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

देशभरका १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *