|
२०८२ पुष १८
काठमाण्डौँ । अफगानिस्तानमा मुसलधारे वर्षा र हिमपातका कारण लामो समयदेखि जारी सुख्खा मौसम समाप्त भएको छ । तर, अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ । अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
हेरात प्रान्तको काबकानमा बिहीबार छत भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको हेरातका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले बताएका छन् । पीडितमध्ये दुई जना बालबालिका भएको बताइएको छ ।
अन्यको मृत्यु पनि सोही जिल्लाहरूमा भएको हो । गम्भीर मौसमले मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रहरूमा दैनिक जीवनलाई प्रभावित पारेको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एएनडीएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मदले बताएका छन् ।
हम्मदले बाढीले पूर्वाधारमा क्षति पुर्याएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्