काठमाडौँ । पछिल्लो समय ‘लिभ इन रिलेसनशीप’ संस्कृति बढ्दै गएको छ ।
विश्वका विभिन्न मुलुकमा विवाहविना नै कतिपय जोडी यस्तो सम्बन्धमा बस्ने गरेको पाइन्छ । यस्तो सम्बन्धलाई कतिपयले जीवनको सुखद् मोड बनाएर दाम्पत्य जीवनमा परिणत गर्दै आएका छन् भने कतिपय अप्रिय दुर्घटनाको सिकारसमेत हुने गरेका छन् ।
भारतको गुजरात राज्यको सूरतस्थित बगुमरा गाउँमा रहेको एउटा अपार्टमेन्टको कोठाभित्र एक युवतीको शव फेला परेको छ । माही खातुन नाम गरेकी ती युवती एक युवकसँग ‘लिभ इन रिलेसनशीप’मा बस्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युवकका साथी उक्त फ्ल्याटमा पुगेपछि युवतीको शव देखेका थिए । उनले नै प्रहरीलाई घटनाबारे जानकारी गराएको बताइएको छ । ती युवकका अनुसार उनी पुग्दा मृत युवतीसँग बस्दै आएका उनका साथी भने फ्ल्याटमा थिएनन् । उनी फरार रहेको बताइएको छ ।
प्रहरीले युवतीको शव परीक्षणका लागि पठाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्