काठमाण्डौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।
भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गरेका छन् । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ ।
यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन । यसअघि, मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गरेका थिए । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गरेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्