युक्रेनले रुसका सबै शर्तहरु माने पूर्ण रूपमा आक्रमण बन्द गर्ने पुटिनको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २३

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग कुरा गरेका छन् । म्याक्रोनको कार्यालयको तर्फबाट जारी बयानमा बताइएअनुसार पुटिनले म्याक्रोनसँग युक्रेनले रुसका शर्तहरु मान्नुपर्ने बताएका छन् । पुटिनले म्याक्रोनसँगको कुराकानीमा रुसले युक्रेनको न्यूक्लियर प्लान्टमा आक्रमण गर्न नचाहेको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको युद्धका क्रममा युक्रेनको राजधानी किभसहित खारकिभ र अन्य सहरमा आक्रमण जारी छ ।

रुसी राष्ट्रपति पुटिनले आइतबार बेलुकी नै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग पनि कुरा गरेका छन् । एर्दोआनसँगको कुराकानीको क्रममा पुटिनले युक्रेनले सैन्य अपरेसन रोकेको अवस्थामा मात्र रुसी आक्रमण बन्द हुने बताएका छन् । उनले युक्रेनले जवाफी आक्रमण गर्न बन्द गरेर रुसका शर्तहरु मानेको अवस्थामा तत्कालै आक्रमण रोक्ने बताउका छन् । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आत्मसमर्पण गर्न अस्वीकार गर्दै यो आक्रमणमा संलग्न हरेकलाई कडा सजाय दिने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *