म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् । आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए।

निर्वाचनका लागि आबश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ ।

मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरूलाई आइतबार नै निर्वाचन सामग्री बुझाइएको थियो । मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरूमा खटिएका कर्मचारीहरूलाई सोमबार निर्वाचन सामग्री बुझाइएको छ ।

कर्मचारीहरू सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरूको तयारी सुरु गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *