
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनामको औपचारिक भ्रमणका क्रममा दुवै देशका नेताहरुले सहयोग अभिवृद्धिमा जोड दिएका छन् ।
पुटिन राजकीय भ्रमणमा हनोई पुगेका हुन् । यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु हो। भियतनामी राष्ट्रपति तो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताएका छन् ।
यसैबीच राष्ट्रपति पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको बताए । उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । बीबीसी संवाददाताका अनुसार भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरिया भन्दा बढी महत्त्वपूर्ण छ किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ।
पुटिनको हनोई भ्रमणको अमेरिकाले आलोचना गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया