काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् । यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’ मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ ।
‘शेल’ ले हालै आफ्नो नाफा सार्वजनिक गर्दै पहिलो त्रैमासिकमा करिब ५.७ अर्ब अमेरिकी डलर (झण्डै ४.८ अर्ब युरो) खुद नाफा कमाएको जनाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार नाफा वृद्धि उच्च तेल मूल्य, सुधारिएको रिफाइनिङ मार्जिन र व्यापारिक गतिविधिबाट भएको हो ।
यस्तै, बीपीले पनि नाफामा उल्लेखनीय वृद्धि देखाएको छ, जसको खुद नाफा ३.८४ अर्ब डलर पुगेको छ । टोटालइनर्जीको नाफा भने अझ बढी वृद्धि हुँदै ५१ प्रतिशतले बढेर ५.८ अर्ब डलर पुगेको रिपोर्ट गरिएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्