पश्चिम एसिया तनाव : नेपालीको सुरक्षाबारे सरकारको बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

काठमाडौं, २८ फागुन । पश्चिम एसियामा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे सरकारले आपत्कालीन प्रतिकार्य टोलीको बैठक गरेको छ।

परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा बुधबार परराष्ट्र मन्त्रालयमा बसेको बैठकले पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा र हित संरक्षणका लागि हालसम्म भएका प्रयासको समीक्षा गरेको हो।

बैठकले आवश्यक समन्वयलाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने तथा विदेशस्थित नेपाली नियोगसँग सम्पर्कमा आएका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

गत फागुन २१ गते अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि पश्चिम एसियामा तनाव बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *