बेइजिङमा चिनियाँ र इरानी विदेशमन्त्रीबिच वार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिकासँग तनाव चुलिएका बेला इरानका विदेशमन्त्री अब्बास अरगाची र चिनियाँ विदेशमन्त्री वाङ यीबिच बेइजिङमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा हुन लागेको शिखर सम्मेलनको ठीक एक हप्ताअघि बुधबार यो बैठक भएको हो ।

बैठकका क्रममा इरानी विदेशमन्त्री अरगाचीले चीन इरानको नजिकको मित्र भएको बताउँदै वर्तमान परिस्थितिमा दुई देशबिचको आपसी सहयोग झन् बलियो बन्ने विश्वास दिलाए ।

गत फेब्रुअरी २८ मा अमेरिका(इजरायल र इरानबिच युद्ध सुरु भएयता इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो । यो युद्धका कारण यस क्षेत्रको ऊर्जा पूर्वाधार र विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको छ। युद्ध सुरु भएयता अरगाचीले चिनियाँ विदेशमन्त्री वाङसँग कम्तीमा तीन पटक टेलिफोनमा कुराकानी गरिसकेका थिए ।

अर्कातर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेइजिङलाई इरानमाथि दबाब सिर्जना गर्न र होर्मुजमा लगाएको अवरोध हटाउन आग्रह गरेका छन् । विश्वको कुल तेल र ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यस महत्त्वपूर्ण जलमार्गलाई इरानले युद्ध सुरु भएलगत्तै बन्द गरिदिएको थियो । यसले गर्दा विश्वभर इन्धन र रासायनिक मलको मूल्य अत्यधिक बढेको छ भने विश्वव्यापी आर्थिक मन्दीको त्रास समेत फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *