काठमाण्डौँ । खाडी क्षेत्रमा जारी तनावका बिच अमेरिकी नौसेनाले एक इरानी मालवाहक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत टुस्का नामको उक्त जहाजलाई अमेरिकी जल नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा कब्जा गरिएको पुष्टि गरेका हुन् ।
रोकिने चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी युद्धपोतले उक्त जहाजको इन्जिन रुममै प्रहार गरेर त्यसलाई बिच समुन्द्रमै रोकेको ट्रम्पको दाबी छ । करिब ९०० फिट लामो र एउटा विमानवाहक जहाज जत्तिकै तौल भएको भनिएको टुस्का इरानी झण्डावाहक जहाज हो ।
यो जहाज पहिलेदेखि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेको र अवैध गतिविधिमा संलग्न रहेको भन्दै ट्रम्पले अहिले जहाज पूर्ण रूपमा अमेरिकाको नियन्त्रणमा रहेको र त्यसमा के छ भन्नेबारे खानतलासी भइरहेको बताएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले सार्वजनिक गरेको भिडियोमा पनि एउटा युद्धपोतबाट मालवाहक जहाजलाई ताकेर गोली प्रहार गरिएको दृश्य देखिन्छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्