काठमाण्डौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । आईआरएनएका अनुसार उनले त्यहाँ अमेरिकी–इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल भएको जानकारी दिएका छन् ।
इस्लामावादमा भएका भेटघाटमा विगतका घटनाहरूको समीक्षा गर्दै भविष्यमा वार्ता कसरी अगाडि बढ्न सक्छ भन्ने विषयमा राम्रो परामर्श भएको अराघचीले बताए । ओमान भ्रमणमा स्ट्रेट अफ होर्मुजबारे महत्त्वपूर्ण छलफल भएको समेत उनले बताए ।
उनका अनुसार इरान र ओमान दुवै उक्त स्ट्रेटको तटीय देश भएकाले आपसी समन्वय अत्यन्त आवश्यक छ । स्ट्रेट अफ होर्मुज भएर सुरक्षित आवागमन अहिले विश्वव्यापी महत्वको विषय बनेको अनि त्यसैले दुवै देशबिच निरन्तर संवाद आवश्यक रहेको उनले बताए ।
अराघची अनुसार इरान र ओमानबिच उच्च स्तरको सहमति कायम भएको छ र दुवै पक्षले प्राविधिक तहमा छलफल जारी राख्ने सहमति गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्