एआईमा खर्च बढेसँगै मेटाले ८ हजार कर्मचारीलाई कामबाट निकाल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गर्ने उल्लेख गरिएको छ ।

कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा बढाउँदै गर्दा कम्पनीले यो घोषणा गरेको हो । मेमोअनुसार, कम्पनीले हजारौँ रिक्त पदहरू पनि अब नभरिने जनाएको छ । यस निर्णयको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो । स्रोतका अनुसार, मेटाले यस वर्ष एआईमा करिब १३५ अर्ब डलर खर्च गर्ने तयारी गरेको छ, जुन अघिल्ला तीन वर्षको कुल खर्च बराबर हो ।

कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसअघि नै एआईका कारण काम गर्ने तरिकामा ठुलो परिवर्तन आउने संकेत दिएका थिए । उनले एआई उपकरण प्रयोग गर्ने कर्मचारीहरू धेरै उत्पादक भएको र पहिले ठुलो टोलीले गर्ने काम अब एक व्यक्तिले नै गर्न सक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Molly2134

    April 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *