|
२०८२ चैत्र ७
काठमाडौँ — अमेरिकी वित्त विभागले इरानी तेल मा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यस अन्तर्गत अहिले समुद्रमा रहेको तेललाई विभिन्न देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ।
यस कदमले विश्व बजारमा तेलको मूल्य कम राख्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। अमेरिकी वित्तमन्त्री स्कट बसेन्ट अनुसार, अल्पकालिक अनुमतिबाट करिब १४ करोड ब्यारेल तेल बजारमा आउन सक्छ।
बेसेन्टले स्पष्ट पारेका छन् कि यो अनुमति केवल पहिले नै बाटोमा रहेको तेलमा मात्र लागू हुनेछ, नयाँ खरिद वा उत्पादनका लागि होइन। हाल ब्रेन्ट क्रुडको मूल्य लगभग ११२ डलर प्रति ब्यारेल पुगेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्