काठमाण्डौँ । फिलिपिन्स यतिबेला प्रकृतिको दोहोरो प्रकोपसँग जुधिरहेको छ । २०० भन्दा बढीको ज्यान लिनेगरी आएको कालमेगी आँधीको प्रकोप नसकिँदै अर्को अति शक्तिशाली समुद्री आँधी ‘फुङ–वङ’ ले त्यहाँ वितण्डा मच्चाइरहेको छ । यसलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ ।
आइतबार देशको उत्तरपूर्वी तटसम्म ‘फुङ–वङ’ आइपुगेको छ । मौसम विभागका अनुसार, फङ–वङको प्रतिघण्टा १८५ किलोमिटरको वेगमा अगाडि बढिरहेको छ । यसको मध्यमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको बताइएको छ । यसको प्रभाव १ हजार ६०० किलोमिटरको दायरामा फैलिन सक्ने र यसले दक्षिणपूर्वी एसियाको दुई तिहाइ भागलाई असर गर्ने बताइएको छ ।
सरकारले ‘फुङ–वङ’ लाई राष्ट्रव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्