|
२०८२ आश्विन १६
फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको भूकम्पमा परी ७२ जनाको मृत्यु भएको छ भने २९४ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन आयोगका अनुसार भूकम्पले मध्य बिसायाका ५३ गाउँका ४७ हजारभन्दा बढी परिवारलाई प्रभावित पारेको छ। अझै पूर्वाधार र कृषिमा भएको क्षतिको मूल्याङ्कन हुन बाँकी छ।
फिलिपिन्स प्यासिफिक रिंग अफ फायरमा पर्ने भएकाले प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्