हानोई । समुद्री आँधी कामलेगी यो वर्षको सबैभन्दा डरलाग्दो समुद्री आँधी बनेको छ । फिलिपिन्समा १ सय १४ जनाको मृत्यु गराएको यो आँधीले भियतनाममा पनि वितण्डा मच्चायो छ । आँधीका कारण भियतनाममा थप ३ जनाको मृत्यु गराएको छ ।
दाक लाक प्रान्तमा घर भत्किँदा एक जनाको मृत्यु भएको बताइएको छ । अरु दुई जनाको भने गिया लाई प्रान्तमा मृत्यु भएको स्थानीय सञ्चार माध्यमले भनेका छन् । सरकारको विपद् व्यवस्थापन साइटले अहिलेसम्म अनुमानित क्षति र मृतकको संख्या जारी गरेको छैन ।
गएको हप्ता भएको कीर्तिमानी वर्षाका कारण ५० जनाको मृत्यु भएको घटनाबाट मध्य भियतनाम उब्रिन संघर्ष गरिरहेकै समयमा समुद्री आँधीले विध्वंस मच्चाएको हो ।
समुद्री आँधी आइपुग्नु अघि भियतनामको सेनाले उद्धार कार्यका लागि २ लाख ६० हजार सेनालाई परिचालन गरेको थियो भने ६ हजार ७०० सवारी साधन र ६ विमान पनि तयार राखिएको थियो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्