महाकुलुङ–३ मा प्राविधिक सीपमार्फत रोजगारीतर्फ युवाहरू आकर्षित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन गरिएको १५ दिने ‘विल्डिङ इलेक्ट्रोनिक’ सीप विकास तालिमले स्थानीय युवाहरूलाई प्राविधिक रोजगारीतर्फ उन्मुख गराएको छ ।

माघ १२ देखि २६ गतेसम्म वडा कार्यालय भवनमा सञ्चालन भएको तालिमले सहभागीहरूलाई व्यवहारिक तथा बजारमुखी सीप प्रदान गरेको आयोजकले जनाएको छ।

घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुको आयोजनामा तथा वडा नं.३ को समन्वयमा सम्पन्न तालिममा २० जना स्थानीय सहभागीहरूले विल्डिङ तथा इलेक्ट्रोनिक सामग्री जडान, मर्मतसम्बन्धी ज्ञान हासिल गरेका छन् । तालिमले वैदेशिक रोजगारीको विकल्पका रूपमा स्थानीय स्तरमै स्वरोजगार बन्ने सम्भावना बढाएको सहभागीहरूको भनाइ छ।

“औद्योगिक वातावरण सुधार, दीगो अर्थतन्त्रको आधार” भन्ने नारासहित सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि सूर्यबहादुर राईले सीपयुक्त जनशक्ति नै स्थानीय विकासको मेरुदण्ड भएको बताउनुभयो। कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का अध्यक्ष दुर्गाबहादुर राईले गर्नुभएको थियो ।

एक कार्यक्रमामार्फत तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आगामी दिनमा यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *