|
२०८३ असार १०
पाल्पा, असार १० — पाल्पाका विभिन्न स्थानीय तहले सञ्चालन गरेका सीपमूलक तालिममा महिलाको सहभागिता बढ्दै गएको छ। आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले जुत्ता–चप्पल निर्माण तथा होजियारीसम्बन्धी तालिम सञ्चालन गरिएको हो।
तानसेन नगरपालिकामा ३४ जना महिलाले जुत्ता–चप्पल बनाउने सीप हासिल गरेका छन् भने रामपुर नगरपालिकामा ४५ दिने होजियारी तालिमपछि महिलाहरू स्वेटर, मोजा, टोपी र मफलर उत्पादन गर्न सक्षम बनेका छन्।
स्थानीय तहका अनुसार यस्ता तालिमले महिलाको आयआर्जन बढाउनुका साथै उद्यमशीलता विकासमा टेवा पुर्याएको छ। तालिमपछि उत्पादनलाई बजारसँग जोड्न समेत सहजीकरण गरिने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्