महाकुलुङ गाउँपालिकामा ४५ दिने बुनाई तालीम सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र ११

सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर एकले ४५ दिने आधारभुत स्विटर बुनाई तालीम संचालन गरेको छ।
वडा कार्यलयको आर्थिक वर्ष २०८०/८१ बाट बिनियोजित बजेट अन्तर्गत महिला लक्षित बुनाई तालीम संचालन गरिएको हो।
वडाले आफ्नो वडा वासी नागरिक लाई विभिन्न शिपमुलक तालीम दिदै आएको र सबैले सीप सिकेर आत्म निर्भर बन्न सकुन भन्ने उदेश्य रहेको वडा अध्यक्ष पर्खी राईले बताउनु भयो।
४५ दिनको तालिम सम्पन्न पछि धेरै महिला दिदिबहिनीहरुले सीप सिक्नुको साथै बुनाई बाटै सामान्य खर्च समेत जोहो गर्न सक्ने प्रशिक्षक हिरा चन्दको भनाई छ।
तालिमको पाचौ दिन आईपुग्दा धेरै सिक्ने अवसर मिलेको बताउनु हुदै पालिका र वडालाई सहभागी सर्मिला राईले धन्यवाद व्यक्त गर्नु भयो।
तालिममा बिहान र दिउँसो गरि दुई समुहमा ४२ भन्दा बढि महिलाहरुको सहभागीमा वडा कार्यलय बुङमा संचालन भैरहेको छ। क्यामरामा रुपेश देभकोटाका साथ स्वार्णिमा सुनुवार सोलुखुम्बु

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *