|
२०८३ असार १०
विराटनगर, असार १० — विराटनगर–१ स्थित परोपकार घाटमा सार्वजनिक मर्यादा विपरीत गतिविधि गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
मध्यरातमा घाट क्षेत्रमा हो–हल्ला र अनुचित व्यवहार भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीले चार जनालाई घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार उक्त स्थल दाहसंस्कारका लागि प्रयोग हुने संवेदनशील सार्वजनिक क्षेत्र भएकाले घटनालाई गम्भीर रूपमा लिइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्