बाँदर नियन्त्रणका लागि भोजपुरमा नयाँ योजना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

भोजपुर, असार १० — भोजपुरको पौवादुङमा गाउँपालिकाले बढ्दो बाँदर समस्याको दीर्घकालीन समाधान खोज्दै बाँदर बन्ध्याकरण कार्यक्रम अघि बढाउने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस कार्यक्रमलाई समेटिएको गाउँपालिकाले जनाएको छ।

कृषिबालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका बाँदरको प्रजनन दर नियन्त्रण गर्न अध्ययन, अनुसन्धान तथा बन्ध्याकरण प्रक्रिया सञ्चालन गरिनेछ। यसका लागि संघीय सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी गरिएको छ।

गाउँपालिकाले पहिलो चरणमा आवश्यक अध्ययनका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ। स्थानीय किसानले विशेषगरी मकै, कोदो र आलु खेतीमा बाँदरका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छन्। अधिकारीहरूका अनुसार कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *