×

महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काम पूर्ण खोप सुनिश्चित वडा घोषणा

फाल्गुन २६, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काम पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०८१/८२ अन्तर्गत सोमबार वडा नम्बर ३ लाई पूर्ण खोप सुनिश्चित गरिएको छ । अब अन्य ४ वडामा पनि खोप कार्यक्रम सम्पन्न गरि चाँडै पालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: