तपाईंको आजको राशिफल : आज मिति २०८२ साल जेठ १८ गते आइतवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १८

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुको सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विवादास्पद मामलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा कार्य पूरा गर्न सोचेभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगर्नुहोस। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ योजनाहरू दोहोर्याएर बनाउनुपर्ला। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्य सम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाईहरूले अलमल्याउँदा कार्य सम्पादन गर्नमा समय लाग्नेछ सावधान रहनुहोला। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। वैदेशिक यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आँटेको कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) संगीत वा कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष सबल बन्नुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएको निर्णयहरू नुक्सानदाई रहलान। प्रशासनिक कार्य गर्दा बाधा उत्पन्न हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। सवारी साधन चलाउँदा सावधान गर्नुहोला। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *