तपाईंको आजको राशिफल : आज मिति २०८१ साल पौष २ गते मंगलवार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहस र पराक्रममा वृद्धि हुनेछ। नयाँ नोकरीको लागि इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। धर्म कर्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हुने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक संघसंस्था वा सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लीन सकिनेछ। कार्यक्षेत्रमा साझेदारको सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आत्मविश्वासले भरपुर रहनुहुनेछ। कार्यक्षेत्रमा मनग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा प्रशंसा पाउनुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले साथ दिनेछ। घर निर्माणमा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कामको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक वा कलात्मक क्षेत्रमा विकास देखिनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले गर्दा कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्ला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। व्यवहारमा सरलता र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी मिल्नेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अङ्क ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धन लाभ रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ वस्तु किन्नमा धन खर्चका योग छन्। व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा नहुनाले अज्ञात भय रहनेछ। नोकरी वा पेशामा आशा देखाउनेहरूको भर पर्दा दुःख मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *