हराएको २४ लाख डोज खोपको खोजी गर्न सरकारले छानबिन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १६

हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । कोरोना महामारी तीव्र रूपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।

त्यति ठुलो सङ्ख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो । उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *