|
२०८३ बैशाख ११
काठमाडौं । थापाथलीमा सिटिजन लाइफले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना “सिटिजन लिडर्स” सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ । कार्यक्रममा भक्तपुर–१ बाट निर्वाचित रुकेश रन्जित र समानुपातिक सांसद प्रमिला कुलुजुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा करिब ६० जना अभिकर्ता, कर्मचारी तथा व्यवस्थापन टोली सहभागी थिए । सांसदहरूले बीमा क्षेत्रका चुनौती संसदमा उठाउने प्रतिबद्धता जनाउँदै कम्पनीप्रति आभार व्यक्त गरे ।
कम्पनीका अधिकारीहरूले आफ्ना अभिकर्ताहरू नीति निर्माण तहसम्म पुगेकोमा गर्व व्यक्त गर्दै यसले नेतृत्व विकासको उदाहरण प्रस्तुत गरेको बताए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्