आज मात्र माप्य दुधकोशी गाउँपालिकामा थपिए १२ जना सङ्क्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३१

सोलुखुम्बु – पछिल्लो २४ घण्टाको अवधिमा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जनाए अनुसार शंकास्पद लक्षण देखिएका तथा कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका ६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सङ्गै त्यहाँ कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

आज कोरोना संक्रमितलाई मास्क सेनिटाईजर, शक्तिवर्दतक औषधि तथा साबुन पनि वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *