निषेधाज्ञा लागु गरिएको दिन नै देशभर थपिए ४९ सयभन्दा बढी सङ्क्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १६

देशभर ४९ सय बढीमा थप कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।

यस्तै पछिल्लाे घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यसैगरी हाल सक्रिय संक्रमित भने ३४ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *