कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय अनुशासन समितिले गरेको दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २ वैशाखमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *