|
२०८२ भाद्र २७
काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीमा मंगलबार लागेको आगो चार दिनपछि पनि नियन्त्रणमा आउन सकेको छैन। प्रदर्शनकारीले सुरुमा तोडफोड गरी लुटपाटपछि आगजनी गरेका थिए। नेपाली सेना र दमकल टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् तर अन्तिम तलामा अझै आगो लागिरहेको छ।
२८ मध्ये २१ शाखामा तोडफोड, लुटपाट र आगजनी भएको भाटभटेनीले जनाएको छ। १२ शाखामा लुटपाटपछि आगो लगाइएको हो भने ९ शाखामा तोडफोड र लुटपाट भएको हो। सात शाखा भने सुरक्षित छन्।
भाटभटेनीसँगै चौधरी ग्रुप, आइएमई, गोल्छा, शंकर ग्रुप लगायतका ठूला व्यवसायिक समूहहरू पनि क्षतिग्रस्त भएका छन्। कर्मचारीहरू बिहीबारदेखि सरसफाइमा जुटेका छन्।
क्षतिको प्रकार अनुसार शाखा:
- सुरक्षित शाखा: टोखा, महाराजगञ्ज, कलंकी, सातदोबाटो, बौद्ध, ठिमी, अनामनगर
- आगलागी शाखा: कोटेश्वर, बालाजु, सानो गाउँ, बालुवाटार, जनकपुर, वर्ल्ड ट्रेड सेन्टर, पोखरा, बुटवल, पाटन, चितवन, वीरगंज, नेपालगञ्ज
- तोडफोड/लुटपाट शाखा: हेटौंडा, धनगढी, विर्तामोड, इटहरी, दमक, भैरहवा, विराटनगर, धरान
भाटभटेनीले वार्षिक ३१ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्छ र सामाजिक उत्तरदायित्वमा ठूलो हिस्सा खर्च गर्ने बताइएको छ। तर अहिलेको क्षति ‘अकल्पनीय’ रहेको कर्मचारीहरूको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्