हितैको माया’ लिएर नितेशजंग कुँवर डलासमा लाइभ प्रस्तुति दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

टेक्सास (अमेरिका) । लोकप्रिय गायक नितेशजंग कुँवरले ‘हितैको माया अमेरिका टुर २०२५’ अन्तर्गत अक्टोबर २४, २०८२ (शुक्रबार) मा डलास, टेक्सासको अर्भिङस्थित ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब मा सांगीतिक प्रस्तुति दिने भएका छन्।

फेम नेपालको प्रस्तुतिमा हुने कार्यक्रमको व्यवस्थापन थ्रिई इन्टरटेनमेन्ट ले गरेको हो भने नेप्रिन्ट्सह्याङआउट भेन्यू पार्टनर रहेका छन्।
‘एनजेके भाइब’ सहित मञ्चमा प्रस्तुत हुने कुँवरले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। आयोजकले कार्यक्रम डलास क्षेत्रका नेपाली संगीतप्रेमीका लागि एक अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *