२४ असार, काठमाडौं। फिल्म नायिका जेनी कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे आत्महत्या गरेकी छिन् ।
महानगरिय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले जनाए अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको र प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ।
जिन्दगानी, मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, हलचल, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा उनको अभिनय देख्न सकिन्छ। लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् ।
पछिल्लो केही समयदेखि साधुको अवतारमा रहेकी उनीले आफ्नो प्राय समय पशुपति मन्दिर परिसरमा बिताउने गर्थिन्। यसैबिच पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल समेत भएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिएका छन्।
घटनापश्चात् प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गर्नेक्रममा उनले एकवर्षदेखि जेनी डिप्रेसनमा रहेको र औषधि सेवन गरिरहेको बताए । ६ महिना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया