नायक शिव श्रेष्ठले सार्वजनिक गरे देलविस र राजको ‘माया पिरेम’ (भिडियो सहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं । चलचित्र निर्माता दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु देलविस तथा राज अभिनित “माया पिरेम” बोलको म्यूजिक भिडियो एक भव्य समारोहकाबीच सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

सारङगी भिलेज फाण्डेशनले प्रकाशन गरेको“नेपालका रैथाने गन्धर्व सभ्यता” विषयको पुस्तक तथा ट्री मिडिया न्यूज प्रालिको “विजनेस दर्शन” मासिक पत्रिका, म्यूजिक भिडियो सार्वजिक समारोहमा एकिकृत समाजवादीका नेता सांसद मेटमणी चौधरी, पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, पत्रकार ऋषी धमला लगायत चलचित्र तथा सांगीतिक क्षेत्रका हस्तीहरु उपस्थित कार्यक्रममा गीत सार्वजनिक गरिएको थियो ।

गायक विश्व नेपाली र अस्मिता परियारको स्वरमा रहेको गीतमा नेपाली चलचित्रकी चर्चित नायीक सम्राज्ञी राज्य लक्ष्मी शाह र अलिशा शर्माको अभिनय रहेको छ ।

युग नायक शिव श्रेष्ठले नव प्रवेशीले नेपाली सिने उद्योग थप बलियो बन्दै जाने प्रतिक्रिया दिए । उनले नया“ कलाकारलाई प्रत्साहन दिनुपर्ने धारणा राखे ।

उनले नेपाली कलाक्षेत्रमा नव प्रवेशीको आगमनसंगै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुदै गएको बताएका थिए । गीतमा माइकल चन्दको निर्देशन, शव्द डिपी खनाल, संगीत शंकर स्माइलीको रहेको छ ।

ट्री इन्टरटेन्मेनको ब्यानरमा निर्माण गरिएको भिडियालाई उत्सव दाहालले खिचेका छन् । यसैबीच “नेपालका रैथाने गन्धर्व सभ्यता” विमोचनमा एकिकृत समाजवादीका सांसद मेटमनी चौधरीले गन्धर्व समुदायकालागि सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले सांस्कृतिक पहिचान बोकेको यस समुदायको विकासकालागि आफ्नो पहल रहने बताए ।

कार्यक्रममा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपालमा सञ्चारमध्ययको उदय हुदै गर्दा यसको संस्थागतमा सरकार गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै रिपोटर्स क्लवका अध्यक्ष तथा पत्रकार ऋषी धमलाले पुस्तक,पत्रिका र म्यूजिक भिडियो उत्कृष्ट रहेको बताए ।

त्यस्तै सारङगी भिलेज फाण्डेशनकी अध्यक्ष यशोदा राईले नेपालको सांस्कृति पहिचान बोकेको लोपउन्मुख गन्धर्व समुदायका विषयमा गरिएको अध्ययनले राज्यलाई यस समुदाय प्रति थप जिम्मेवारी बढ्ने उनको भनाई थियो ।

पुस्तकका लेखक दिपक नेपालीले करिब ७० जिल्लामा गन्धर्व समुदायका विषयमा गरिएको अध्ययनमा सार्थकता पाएको बताए । अर्का लेखक गोविन्द सार्कीले लोपउन्मुख समुदायका गरिएको यस अध्ययन एक महत्वपुर्ण दस्तावेज रहेको बताए ।

कार्यक्रममा अर्का लेखक डिपी परियार भने उपस्थित भएका थिएनन् ।

https://www.youtube.com/watch?v=ifHLg_1KLTI

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *