यशको ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति तोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ११

एजेन्सी । पहिलो च्याप्टर प्रदर्शनमा आएदेखि नै बहुप्रतिक्षित मानिएको ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति तोकिएको छ। भारतका विभिन्न राज्यले फिल्म हल खोल्ने निर्णण गरेसँगै केजिएफ च्याप्टर २ को पनि प्रदर्शन मिति सार्वजनिक भएको हो।

प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्म सन २०२२ को अप्रिल १४ देखि प्रदर्शनमा आउने बताइएको छ। यसअघि २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ लाई दर्शकले मन पराएका थिए। ८० करोड रुपैयाँ लागतमा बनेको फिल्मले २५० करोड रुपैयाँभन्दा बढी कारोबार गरेको थियो। साथै फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।

च्याप्टर २ मा संजय दत्त मुख्य खलपात्रको भूमिकामा देखिन लागेकाले पनि यो फिल्म चर्चामा छ। फिल्ममा संजयबाहेक यश, श्रीनिधि सेट्टी, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

‘केजिएफ च्याप्टर २’ सँगै पछिल्लो दुई दिनमा ‘सूर्यवंशी’, ‘रक्षा बन्धन’, ‘चण्डिगढ करे आशिकी’, ‘सत्यमेव जयते २’ लगायतका १७ फिल्मले प्रदर्शन मिति तोकेका छन्। जसमध्ये सूर्यवंशी तिहारमा प्रदर्शनमा आउँदैछ। सत्यमेव जयते नोभेम्बर २६, रणवीर सिंहको ८३ क्रिसमसमा प्रदर्शनमा आउँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *