
काठमाडौँ– नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।
चलचित्रको फस्टलुक सार्वजनिक गर्दै फिल्म आउँदो बर्षको भदौ १८ गतेबाट प्रर्दशनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।
सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाले निर्देशन गरेकी छन्। अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।
फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ। कोभिड माहामारीअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया