×

अक्षय कुमारको ‘बेलबटम’ को डिजिटल राइट्स ४५ करोडमा बिक्री

साउन २२, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २२ । अक्षय कुमार अभिनित ‘बेलबटम’ अमेजन प्राइमले ४५ करोड भारुमा खरिद गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार यसअघि ९० करोड भारुमा कुरा भए पनि ओटीटीमा आउने भएपछि उक्त मूल्यमा चलचित्रको राइट किनिएको हो ।

अब ‘बेलबटम’ हलमा रिलिज भएको दुई सातामा ओटीटी प्ल्याटफर्ममा रिलिज हुनेछ । चलचित्र निर्माता तथा बजार विज्ञ गिरीश जौहरका अनुसार यो चलचित्र रिलिज हुने समयसम्म महाराष्ट्र राज्यमा जारी लकडाउन केही खुकुलो हुनसक्ने आकलन गरिएको छ ।

उनका अनुसार गोवा, महाराष्ट्र र गुजरातका चलचित्र हलहरू केही अकुपेन्सीसहित खुल्न सक्छन् । केही ठाउँमा सप्ताह अन्तमा चलचित्र हल खोल्न रोक लगाइएको अवस्था छ । यसैबिच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्ल्याटफर्ममै चलचित्र रिलिज गर्नेबारे नेटफ्लिक्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने सङ्केत दिएपछि रोहितले छलफल सुरु गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: