प्रियंका कार्की भन्छिन्– अब सोध्न बन्द गर, हामी गर्भवती भयौं

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २१

काठमाडौं– अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्।

दुनियाँले आमा कहिले बन्ने भन्ने प्रश्न गरेपछि उनले पति आयुष्मान देशराज श्रेष्ठ सँगै रहेको आफ्नो गर्भवती भएको तस्बिर सार्वजनिक गर्दै भनिन्– अब तिमीहरु सोध्न बन्द गर, हामी गर्भवती भयौं।

लामो समय प्रेम सम्बन्धपछि यो जोडीले बिहे गरेको थियो। एउटा अन्तरवार्ताका क्रममा कार्कीले सबैले बिहेपछि गर्भवती भएको देख्दा आफूलाई पनि हुन मन लागेको अभिव्यक्ति केही महिना अगाडि मात्रै दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *