काठमाण्डौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा सुरज सिलवालले उम्मेदवारी दिएका छन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् । उनले यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर सदस्य जितेका हुन् ।
इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । सिलवालले आफूलाई सचिवमा मतदान गर्नुपर्ने कारण स्पष्ट पार्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । बिगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय सिलवालले संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् ।
कनेक्ट ग्लोब एजुकेशन ग्रुपका निर्देशकसमेत रहेका सिलवाल हाल इक्यानको कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । सिलवालले आफ्नो उम्मेदवारीसँगै ८ बुँदे कार्ययोजना अघि सारेका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्